ताजा अपडेट »

रुपन्देहीमा लागुऔषधसहित एक युवा पक्राउ

बुधबार, १६ भदौ २०७८

बुटवल । रुपन्देहीमा लागुऔषधसहित एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मायादेवी गाउँपालिका–६ वेथरी का ३० वर्षीय अनुप कहार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

कहारले चलाएको लु ३३ प.३४७७ नम्बरको मोटरसाईकल चेकजांच गर्ने क्रममा बुधबार दिउँसो लागुऔधषसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले लगाएको हाफ पाईन्टको दाँया खल्तीमा नाईट्राभेट १० लेखेको १ पत्ता, मोटर साईकलको टुलवक्स भित्र लुकाई छिपाई राखेको अवस्थामा नाईट्राभेट १० लेखेको ६ पत्ता, सोही टुलवक्समा वनरेक्स १०० एम.एल.को झोल सहितको सिलप्याक ४ वोत्तल फेला परेको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए । मोटरसाइकल र कहारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।