ताजा अपडेट »

सुख्खा पहिराेले पुरिदा अर्घाखाँचीमा ९ वर्षिया वालिकाकाे मृत्यु

बुधबार, १६ भदौ २०७८

बुटवल । पहिराेले पुरिएर अर्घाखाँचीमा एक वालिकाकाे ज्यान गएकाे छ। पाणिनी गापा ७ इन्द्रेक बस्ने जिवलाल सुनारको टिनले छाएको २ तले कच्ची घर र गोठ माथीबाट सुख्खा पहिरो झरी पूर्ण रुपमा पुरिदा सुनारकी छोरी ९ वर्षकी झरना सुनारकाे ज्यान गएकाे हाे।

पहिरोमा सुनारका १३ वर्षिय लक्ष्मण सुनार र छिमेकी चन्द्र बहादुर सारुको १२ वर्षिय छोरा मोहन सारुलाई प्रहरी र स्थानियको पहलमा तत्काल पहिरोबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ। उद्धार गरिएका घाईतेहरुको हात खुट्टामा सामान्य चोट अवस्था मध्यम रहेकोमा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ।

पहिराेमा पुरिएर १ भैसी मरेकाे छ भने ६ वटा बाख्रा र १ पाडो सकुशल उद्धार गरिएको छ । अहिले भने पहिरोको जोखिममा नरहेको प्रहरीले दाबी गरेकाे छ ।