काठमाडौँ । युभेन्टसले क्रितियानो रोनाल्डोको ठाउमा स्ट्राइकर मोइज कीनलाई भित्र्याएको छ । युभेन्टसले कीनलाई एभर्टनबाट लोनमा भित्र्याएको हो ।युभेन्टसका पुर्व खेलाडी कीन दुइ बर्षपछि फेरी टुरिन फर्किएका छन् ।अहिले लोनमा दुइ बर्षको लागि युभेन्टस गएका कीनलाई युभेन्टसले ३३ मिलियन डलरमा सधैका लागि किन्न सक्ने शर्त रहेको छ ।
२१ बर्षिय इटालियन फरवार्ड कीनको एभर्टनमा अझै ३ बर्ष बाँकी भएपनि नियमित टिममा ठाउ बनाउन असफल भएका थिए । एभर्टनमा नियमित स्थान बनाउन नसकेपछि कीन लोनमै पिएसजी पुगेका थिए । कीन २०१९ मा युभेन्टसबाट एभर्टन गएका थिए ।पिएसजीमा २०२०-२१ सिजनमा ४१ खेलमा १७ गोल गरेका कीनले त्यस अघि एभर्टनमा ३९ खेलमा ४ गोल गरेका थिए । इटालीका स्ट्राइकर कीनले राष्ट्रिय टिमका लागि अहिलेसम्म ९ खेलमा २ गोल गरेका छन् ।
प्रतिक्रिया