भाद्र ६,
काठमाण्डौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेर १६ औं स्थानमा पुगेकाे छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा १५ बाट १६ मा पुगेकाे हाे ।
नयाँ वरियता अनुसार नेपालले ८ खेलबाट १९ अकं पाएकाे छ । एकदिवसीय वरियतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले पछिल्लाे पटक एउटा पनि एकदिवसिय अन्तराष्ट्रिय खेलेकाे छैन । अन्तिम पटक ६ महिना अगाडि युएइ विरूद्द तीन खेलकाे सिरीज खेलपछि नेपाली टिम अर्काे एकदिवसीय खेल खेलेकाे छैन । यता ओमानले डिभिजन लिग २ मा राम्राे प्रदर्शन गरेका कारण नेपाल बरियतामा तल झरेकाे हाे ।
एकदिवसीय वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् । आईसीसी टी-ट्वान्टी वरियतामा भने नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । नेपालले १४ खेलमा २०१ रेटीङ पाएको छ । टी-ट्वान्टी वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।
प्रतिक्रिया