बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ३० जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १२० जनाको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ३२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १२ जना, तिलोत्तमा नगरपालिकामा ८ जना, सैनामैना नगरपालिकामा २ जना, देवदह र सिद्धार्थनगर नगरपालिकामा ४/४ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ५२९ ले ज्यान गुमाएका छन् । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३५३ रहेको छन्।
प्रतिक्रिया