ताजा अपडेट »

स्वर्गीय पत्रकार अधिकारीको परिवारलाई ५ लाख

शुक्रबार, ०६ भदौ २०७६

अधिकारीको नाममा ३ लाख रुपैयाको अक्षयकोष स्थापना

भाद्र ६,
ग्लोबल आवाज
बुटवल । गएको साउन ३२ गते शनिबार सडक दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार स्वर्गीय डायलसन अधिकारीका परिवारलाई तिलोत्तमा नगरपालिकाले ५ लाख रुपैया सहयोग गर्ने भएको छ ।

त्यसैगरी नगरपालिकाले स्वर्गीय अधिकारीका नाममा ‘डायलसन अधिकारी पत्रकारीता अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । हामीले स्वर्गीय पत्रकार डायलसन अधिकारीको परिवारलाई ५ लाख रुपैया नगद सहयोग तथा ३ लाख रुपैयाको पत्रकारीता अक्षयकोष स्थापना गर्ने निर्णय गरेका छौं । स्वर्गीय अधिकारीको निवासमा नगरपालिकाद्धारा आयोजित शोक सभामा नगरप्रमुख घिमिरेले भने । घिमिरेले स्थापना गरीने अक्षयकोषमा नेपाल पत्रकार महासंघ रुपन्देही, परिवारका सदस्य र तिलोत्तमा नगरपालिकाको समन्वय रहने गरी कार्य्बिधी तयार गरी सञ्चालन गरीने जानकारी दिए । त्यसैगरी तिलोत्तमा नगरपालिकाको कार्यपालिका बैठकले स्वर्गीय अधिकारीकी धर्मपत्नी चन्दा अधिकारीलाई वहाको योग्यता अनुसारको रोजगारी र छोरा छोरीको शिक्षा दिक्षामा सहयोग गर्ने निर्णय गरिएको समेत घिमिरेले जानकारी दिए ।


शिवराज नगरपालिकाका प्रमुख नेत्र अधिकारीले नगरपालिका र तिलोत्तमा नगरवासीले अधिकारी परिवारमा देखाएको सदभाव, सहानुभुती र ब्यक्त गरेको समवेदना स्वर्गीय डायलसन अधिकारीले कमाएको अमुल्य सम्पती भएको बताए । तिलोत्तमा नगरपालिकाले असोज महिनामा गर्ने लगानी सम्मेलनको प्रचार प्रसारका लागि पुर्वी नेपालको भ्रमणमा गएका अधिकारीको गत साउन ३२ गते पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत सप्तरीको कन्चनपुरमा सडक दुर्घटनामा परी ज्यान गएको थियो ।