बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा २७ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १०५ जनाको कोरोना परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ५२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १३ जना, तिलोत्तमा नगरपालिकामा ४ जना, सैनमैना नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा ३/३ जना, देवदह नगरपालिकामा २ जना, कञ्चन र शुद्धोधन गाउँपालिकामा १/१ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन् । हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ५२७ ले ज्यान गुमाएका छन् । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३५७ रहेको छन्।
प्रतिक्रिया