ताजा अपडेट »

साफ यू-१५ फुटबलः नेपाल पहिलो जितको खोजीमा

शुक्रबार, ०६ भदौ २०७६

भाद्र ६,
काठमाण्डौं । दक्षिण एसियाली खेलकुद अन्तर्गत भारतको कल्याणीमा जारी यू-१५ फुटबलमा नेपालले आज श्रीलंकाको सामना गर्दै छ। पहिलो खेलमा आयोजक भारतसँग ५–० को लज्जास्पद हार बेहोरेको नेपालले आज दोश्रो खेलमा पहिलो जित निकाल्ने योजनाका साथ मैदान उत्रने छ। यता पहिलो खेलमा भुटानमाथि जित निकाल्दै सुखद सुरुवात गरेको श्रीलंका पनि लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहने छ। खेल आज दिउँसो ३:१५ मा हुनेछ।  

नेपालले अर्को खेल १० गते बंगलादेशविरुद्ध तथा १२ गते भुटानविरुद्ध खेल्ने छ। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

नेपाली टोलीमा गोलकिपर्स ईश्वर गुरुङ, मनोज दाहाल र जिनियस केसी रहेका छन् । डिफेन्डर्स: प्रज्ञान महर्जन, अभिशेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बू, रोशन थापा रहेका छन् । मिडफिल्डर्स: जन्मेजय धामी, निराजन मल्ल, प्रदीप लम्साल, नीतेश श्रेष्ठ, असीम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई रहेका छन् । स्ट्राइकर्स: कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी, शशांक बोहरा रहेका छन् ।