भाद्र ५,
फोर्ब्सले निकालेको सबैभन्दा बढी कमाउने एक्टरको सूचीको पहिलो नम्बरमा चर्चित रेसलर तथा एक्टर रक अर्थात ड्वेन जोनसन परेका छन् । सबैभन्दा बढी आम्दानी गर्ने एक्टरमा रकको नामबाट चर्चित बनेका रेसलर तथा एक्टर ड्वेन जोनसन परेका छन् ।
पहिलो नम्बरमा परेका रकको कूल आम्दानी ८९. ४ मिलियन डलर रहेको फोर्ब्सले जनाएको छ । रक अघिल्लो वर्ष सबैभन्दा बढी कमाउने एक्टरको सूचीमा दोस्रो नम्बरमा परेका थिए । गत वर्षको सूचीको पहिलो नम्बरमा रहेका जर्ज क्लुनी भने यस वर्ष टपटेनको सूचीमा समेत परेका छैनन् । सबैभन्दा धेरै आम्दानी गर्ने एक्टरको सूचीमा एभेन्जर्स एण्डगेमका क्रिस हेमस्वर्थ र रोबर्ट डाउनी जुनियर दोस्रो र तेस्रो नम्बरमा छ्न् । फोर्ब्सका अनुसार हेमस्वर्थको कुल आम्दानी ७६.४ मिलियन डलर र रोबर्टको कूल आम्दानी ६६ मिलियन डलर रहेको छ ।
फोर्ब्सको सूचीमा बलिउडका नायक अक्षय कुमार चौथो नम्बरमा परेका छन् । फोर्ब्सका अनुसार अक्षय कुमारको कूल आम्दानी ६५ मिलियन अमेरिकी डलर रहेको छ । अक्षय कुमारपछि पाँचौ नम्बरमा जेकी चान रहेका छन् । चानको कूल कमाइ ५८ मिलियन डलर रहेको छ । त्यस्तै ब्राडली कुपर र एमड स्यान्डलरको कमाइ समान ५७ मिलियन डलर रहेको छ । बढी कमाउने एक्टरको सूचीको आठौं नम्बरमा क्रिस इभान्स छन् । इभान्सको कूल कमाइ ४३.५ मिलियन रहेको छ । यता नवौ नम्बरमा रहेका पल रुडको कमाइ ४१ मिलियन र दशौं नम्बरमा रहेका विल स्मिथको कमाई ३५ मिलियन डलर छ ।
प्रतिक्रिया