ताजा अपडेट »

लियो क्लब तिलोत्तमाले नेतृत्व विकास तालिम सञ्चालन गर्दै

बुधबार, ०४ भदौ २०७६

भाद्र ४,
बुटवल । लियो क्वल अफ तिलोत्तमाको आयोजनामा आगामी भदौ ७ गते शनिबार बुटवलमा नेतृत्व विकास तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रम हुने भएको छ । रुपन्देही जिल्लाका ५ सय जना पशिक्षार्थी सहभागी हुने लक्ष्य राखिएको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको क्लबले आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गरायो ।

क्लवका अध्यक्ष राजन कसजुले नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा ४० प्रतिशत सहभागीता क्लब सदस्यहरुको नै रहने तथा अन्य सहभागी बढी रहने उल्लेख गरे । तालिममा सहभागिताका लागि ३० वर्ष मुनिका व्यक्तिलाई ३ सय ५० तथा सो उमेरभन्दा माथीका सहभागीहरुले ५ सय रुपैयाँ सहभागि शुल्क बुझाउनुपर्ने क्लबले जानकारी गराएको छ । कार्यक्रममा सांसद शान्ता चौधरी, नेपाल प्रहरीका आईजीपि सर्वेन्द्र खनाल, एसआर ग्रुपका प्रबन्ध निर्देशक युवा उद्यमी सुरज उप्रेती, युवा परामर्शदाता अनन्तराज घिमिरे र प्रेरणदायक वक्ता श्रृष्टि केसी प्रमुख बक्ता रहेका छन् ।

कार्यक्रम संयोजक चन्चल कुमार कार्कीले युवाहरुलाई जोश जागर र उत्तरदायी एवं परिपक्क बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम क्वलका सचिव दिनेश कुमार श्रेष्ठको सञ्चालनमा भएको थियो ।