ताजा अपडेट »

सर्वोत्तम टिपिएलमा १० टिम , भाद्र १४ मा अक्सन

मंगलबार, ०३ भदौ २०७६

भाद्र ३,
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा हुने सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लीग–३ मा प्रदेश नम्बर ५ का १० टिमको सहभागिता हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा हुने प्रतियोगितामा दोस्रो सँस्करणका ४ टिम सहित ६ नयाँ टिम दर्ता भएका छन् । आयोजकले आज मणिग्राममा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितामा सहभागि हुने टिम र टिम ओनरका बारेमा जानकारि दिएका हुन् ।

प्रतियोगितामा साविक विजेता समेत रहेको लुम्विनी कासाई, उप विजेता रोयल शंकरनगर, ज्ञानोदय गोल्डस् र मणिग्राम किंङ्गस् सहित १० टिम दर्ता भएका हुन् । प्रतियोगितामा रुपन्देही पल्टनस्, बुटवल युनाइटेड, पाल्पाली लिजेण्डस्, सुपर–११, भैरहवा, सियारी राइनोज् र तिनाउ टाइटनस्ले सहभागिता जनाउने भएका हुन् । प्रतियोगितामा सहभागि हुने खेलाडिहरुको अक्सन यही भदौ १४ गते हुने भएको छ । १ सय ३० खेलाडीका लागि २ सय ४० खेलाडीले अक्सनमा सहभागिता जनाएका छन् ।

पत्रकार सम्मेलनमा मिस तिलोत्तमा २०७५ रितु भण्डारीसँग ब्राण्ड एम्बेष्डरको सम्झौता समेत भएको छ । प्रतियोगिताको प्रथम हुने टिमले नगद ४ लाखको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उप विजेता हुने टिमले २ लाख सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने म्यान अफ दी सिरिजलाइ नगद २० हजार, शिल्डबाट पुरस्कृत गरिने आयोजकले जानकारि दिएको छ । यसैगरि विधागत रुपमा वेष्ट ब्याट्सम्यान, वेष्ट बलरलाई नगद १० हजार शिल्ड, इमर्जिङ प्लेयरलाई नगद ५ हजार, शिल्ड तथा हरेक प्रतियोगितामा भ्यालुयवर प्लेयर र पचास रन बनाउने खेलाडीलाई नगद १ हजार, शिल्डबाट पुरस्कृत गरिने बताइएको छ ।


यसैगरि एक टिमलाई टिम फेयर प्ले अवार्ड घोषित गर्दै नगद ४० हजार तथा प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषित गर्दै नगद एक हजार ५ सयबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष अच्युतराज ढुंगानाको अध्यक्षता, रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मिस तिलोत्तमा रितु भण्डारी, सर्वोत्तम सिमेन्टका सौरव सिंह, तिलोत्तमा क्रिकेट बिकास समितिका कार्यकारी अधिकृत दिपक भुर्तेल लगायतले बोलेका थिए । कार्यक्रमको संचालन तिलोत्तमा क्रिकेट बिकास समितिका सचिव राजेन्द्र केसी ले गरेका थिए ।