भाद्र ३,
कञ्चन । रुपन्देहीको कञ्चन जेसिजले आफ्नो स्थापना बर्षको अवसरमा विविध कार्यक्रम सहित जेसिज सप्ताह सञ्चालन गर्ने भएको छ । कञ्चन जेसिजको सचिवालयमा मँगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चुडामणी पौडेलले सप्ताहव्यापी गरिने कार्यक्रमहरु सार्वजनीक गरेका हुन् ।
आगामी भाद्र ६ गते सोमबार तिज मिलन कार्यक्रमको आयोजनागरी सुरु हुने सप्ताहको भाद्र १४ गते समापन गरिने बताइएको छ । सप्ताह अन्तर्गत भदौ ७ गते कञ्चन गाउपालिकाका विभिन्न सिमानाहरुमा कञ्चनको स्वागत तथा धन्यबाद बोर्ड स्थापना गर्ने, ८ र ११ गते कञ्चनका बिधार्थीलाई गजेडी मा.वि. र गौतम बुद्ध आधारभुत विद्यालयमा छात्रावृत्ती वितरण गर्ने, ९ गते ‘स्वास्थ्य जीवन शैली एवम् खुशी कला’ विषयक प्रशिक्षण संचालन गर्ने र १४ गते ट्राफिक बेरिकेट्स हस्तान्तरण गरि जेसिज सप्ताहकोे समापन गर्ने आयोजकले जनाएकोछ ।
करिब ५ लाख रुपैयाँ खर्च अनुमान गरिएको जेसीज सप्ताह अन्तरगत अमर गुरुङ र मेघराज काउचाले छात्रार्वत्तीका लागि आर्थिक सहयोग गर्ने भएका छन् । कार्यक्रमका लागि व्यवस्थापन लगायत अन्य खर्चका लागि विभिन्न ब्यापारिक प्रतिस्थान तथा कञ्चन गाउँपालिकासँग सहकार्य गरि सप्ताहलाई सफल बनाउने जेसिजका कानुनी सल्लाहकार बाबुराम पौडेलले जानकारी दिए । महासचिब राजन पौडेलको संचालनमा आयोजित पत्रकार सम्मेलनमा जेसिज सप्ताहलाई सफल बनाउन कञ्चनका सम्पूर्ण ब्यवसायी, बुद्धिजिवी समाजसेवी, शिक्षाप्रेमीहरुलाई हातेमालो गरि सहकार्य गर्न समेत कञ्चन जेसिजका अध्यक्ष चुडामणी पौडेलले आह्वान गरे ।
प्रतिक्रिया