ताजा अपडेट »

शेयर बजार फेरि ओरालो, २७ करोडको कारोबार

मंगलबार, ०३ भदौ २०७६

भाद्र ३,
काठमाण्डौं । मंगलबार शेयर बजारमा पून घटेको छ। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ९.२३ अङ्कले घटेर १२१२.८३ अंकमा ओर्लिएको छ। चार कारोबार दिन लगातार घटेको शेयर बजार सोमबार ७.२३ अङ्कले बढेको थियो।

मंगलबारको कारोबारमा आएका सबैजसो उसपसूचक घटेपछि बजार ओरालो लागेको हो। १२ समूहको कारोबारमा मंगलबार १० समूहको उपसूचक घटेको छ। दुई समूहका उपसूचक मात्रै बढेका छन्। सामूहिक लगानी कोष र ट्रेडिङ समूहमा वृद्धि  देखिएको छ। उनीहरूको क्रमशः ०.४६ र २.४४ प्रतिशतले उपसूचक बढेको हो। जलविद्युत समूहको उपसूचक सबैभन्दाबढी १.२५ प्रतिशतले बढेको छ। कारोबारको पहिलो एक घण्टा सामान्य देखिएको बजार त्यसपछि लगातार घट्दो क्रममा देखिएको थियो। कारोबारको अन्तिमसम्मै बजार लगातार घटेर बन्द भएको हो। कारोबारको अन्तमा सामान्य सुधार देखिएको भएपनि त्यसले बजार फर्काउन भने सकेन।

मंगलबार १ सय ६५ कम्पनीको ११ लाख ७७ हजार कित्ता शेयर २७ करोड ३५ लाख रुपैयाँमा कारोबार भएको हो। सबैभन्दाबढी सोल्टी होटेलको  चार करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ। कारोबार रकमकै आधारमा रसुवागढी हाइड्रोपावर दोस्रो भएको छ। उसको चार करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। विशालबजार कम्पनीका शेयरधनीले करिब ६ प्रतिशत कमाए भने पाँचथर पावर कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ।