भाद्र ३,
काठमाण्डौं । आज साँझ ५ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको होे । प्रधानमन्त्री ओलीले दलहरूबीच संवादहीनताको अवस्था रहिरहेका बेला सर्वदलीय बैठक बोलाएको हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने छन् । यस्तै, बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल हुने बुझिएको छ । तर, प्रधानमन्त्रीको सचिवालयले भने बैठकको एजेण्डाबारे जानकारी दिएको छैन ।
प्रतिक्रिया