ताजा अपडेट »

अरुण खोला डाइभर्सन : एकतर्फी रुपमा ठूला साधन मात्र सूचारु

सोमबार, ०२ भदौ २०७६


भदौं २,
ग्लोबल आवाज
बुटवल । पूर्बपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गत अरुण खोला स्थित पुल भाँचिएपछि सो क्षेत्रबाट चल्ने यातायात र यात्रु प्रभावित भएका छन् । पुलमा क्षति भएपछि अस्थायी आवत–जावतका लागि बनाइएको डाइभर्सन पनि बाढीले बगाएपछि आज साँझ ५ बजेदिेखि एकतर्फी रुपमा ठूला सवारी साधन सूचारु भएका छन् । निरन्तरको बाढीले डाइभर्सन बिग्रदा पूर्बपश्चिमका सवारी साधन तथा यात्रीलाई सास्ती भोग्नु परेको छ । त्यसैगरी आकस्मिक साधनहरु पनि ठप्प भएका छन् । आज विहान केही समय एकतर्फी साधन चलेपनि दिनभर भन्ने ठप्प रहे ।

आज सोमबार साँझ ५ बजेदेखि भने एकतर्फी ठूला सवारीका लागि डाइभर्सन खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र कार्कीले बताए। मध्यविन्दू नगरपालिका अन्तर्गत अरुण खोलाको पुल शनिबार बिहान ४ बजेको समयमा ट्रक ठोक्किँदा क्षति भएको हो । पुलको क्षतिसँगै पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरिक्षक राजेन्द्र कार्कीले बताए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख ४७१ नंको ट्रक पुलमा ठोक्किँदा दुई मिटर तल लच्किएकाले पुलबाट ठूला सवारीसाधान आवतजावत गर्न नसक्ने प्रहरी निरिक्षक कार्कीले बताए। पुलमा क्षति पुगेपछि बनाइएको डाइभर्सन पनि प्रभावित भएपछि अहिले राजमार्गमा सवारी साधनहरुको लामो लाइन लागको छ। पुल मर्मत कार्य भइरहेको र बिहिबारसम्म बन्ने जानकारी पाएको प्रहरी निरीक्षक कार्कीले बताए ।