भाद्र २,
गुल्मी । प्रदेस ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले स्थानीय तहलाई बाटो खन्ने मात्रै नभई शिक्षा र स्वास्थ्यमा पनि प्राथमिकता दिन स्थानीय तहहरुलाई आग्रह गरेका छन् । जिल्ला समन्वय समिति गुल्मीले आयोजना गरेको स्थानीय तह र जिल्ला स्थित कार्यलयहरुको आर्थिक बर्ष ०७५/०७६ को बार्षिक समीक्षा गोष्ठीमा सदरमुकाम तम्घासमा पुगेर उनले सो बुरामा जोड दिएका हुन् ।
मन्त्री बरालले भौतिक पुर्वाधार संगै सामाजिक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिएका छन् । ‘कर्मचारी अभाव छ भनेर उम्कने अधिकार कसैलाई छैन ।’ अघिल्लो आर्थिक बर्षमा कर्मचारी अभाब र कानून निर्माण नभएको बाहाना देखाएर कर्मचारी उम्कने गरेकोभन्दै उनले यस आर्थिक बर्षमा त्यसरी उम्कने अधिकार कसैलाई नभएको स्पष्ट पारे । लोक सेवा आयोगले कर्मचारी अभाबलाइ महसुस गर्दै बिज्ञापन खोलेको भन्दै कर्मचारीको अभाब बिस्तारै कम हुने उल्लेख गरे । कार्यलयमा दरबन्दी हुने तर कर्मचारी नहुने अबस्थाको बिस्तारै अन्त्य गर्ने गरी प्रदेश सरकार लागि परेको बताए ।
जिल्ला सदरमुकाम तम्घासमा २ दिनसम्म चलेको समिक्षा कार्यक्रममा पहिलो दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र दोस्रो दिनको कार्यक्रममा प्रदेस ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बराल सहित सांसदहरुको सहभागिता रहेको थियो । जिल्लाका स्थानीय तहहरुले कार्य गर्दै गर्दा जनताको अपेक्षाहरु धेरै भएता पनि दीर्घकालिन महत्वका योजनाहरुलाई प्रथामिकता दिन मन्त्री बरालले आग्रह गरेका छन् । समिक्षा कार्यक्रमले थप जबाफदेही बनाएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए । समीक्षा कार्यक्रममा १२ वटा स्थानीय तहका प्रमुखहरु सहित प्रदेश सांसदहरु दिनेश पन्थी, खडग केशी, कमल श्रेष्ठ लगायत स्थानीय तह उपप्रमुख, प्रशासकीय अधिकृतसँगै जिल्ला स्थित कार्यलयका कार्यलय प्रमुखहरु, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया