ताजा अपडेट »

गैरी खेतमा तोरी फुलाउँदै गायक नारायण विपी

सोमबार, ०२ भदौ २०७६

गुल्मेली कलाकार नारायण विपी परियारले यस वर्षको तीजमा गैरी खेतमा तोरी फुलाउने कुरा गर्दै छन् । हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीज आउँन अब केही दिन बाँकी छ । यो वर्षको तीजलाई लक्षित गरी उनले बजारमा ल्याएको तीज भाकाले चर्चा पाउने क्रम जारी छ । पवन परियारको लय तथा शब्द रहेको गीज भाका ‘गैरी खेतमा’का लागि लोकेन्द्र शाहले निर्देशन गरेका हुन् भने मनिष पन्थले छायाँकन गरेको यो गीतको म्युजिक भिडियो श्रीनगर फिल्मस् प्रा.लि.ले निर्माण गरेको हो । गीतमा मोहन, विपना र तिर्सनाको नृत्य देख्न पाइन्छ ।


वि.स. २०६२ सालमा दर्शक श्रोताको मनमा बस्न सफल लोकदोहोरी गीत ‘रेसुङ्गाको शीर’ बोलको गीतबाट साँगीतीक यात्रा गरेका वि.पीले दुई दर्जन लोक दोहोरी गीतमा आवाज दिएका छन् भने आधा दर्जन बढी तीज भाकाका गीतहरु बजारमा ल्याएका छन् । वर्ष ०६२/६३ मा निकै चर्चामा रहेको ‘भूल गरेछु परदेश पसेर, मलाई सम्झी नरुनु पियारी रेसुँगाको शीरमा बसेर...’ बोलको गीतका लागि लय तथा शब्द संकलन गरेका परियारसँग ४ वर्ष बढी सञ्चारक्षेत्रमा काम गरेको अनुभव समेत छ ।

https://youtu.be/mZ5Dr4vOIkk

म्यूजिक भिडियोमा समेत दख्खल राख्ने नारायण विपीले आधा दर्जन बढी गीतहरुमा नृत्य प्रस्तुत गरेका छन् । गायन तथा अभिनय दुबै क्षेत्रमा अनुभव रहेपनि हाफ्नो मूख्य पेशा भने गायन नै रहेको उनले बताउँछन् । यसै वर्ष ‘जोवान’ बोलको अर्को तीज भाकामा समेत उनले स्वर दिएका छन् । विष्णु श्रीपालीको मौतिक तीज गीत जोवानमा उनले स्वर दिएका हुन् । यो गीतको शब्द तथा लय संकलन पनि नन्दु परियारसँग मिलेर विपीले गरेका छन् ।