भाद्र २,
बुटवल । रुपन्देहीको बुटवल–१२ ढवाहामा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । बुटवलदेखि पूर्वतर्फ जाँदैगरेको लु ३२ प ५००१ को मोटर साइकल चालक गुल्मीका २६ वर्षीय सुवास पछाईको ज्यान गएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
मुख्य राजमार्गदेखि दक्षिणतर्फ जाँदैगरेको लु २ च ३२६ नम्बरको गाडि (छोटा हात्ती) लाई मोटरसाइकलले ठक्कर दिएको थियो । घटना बारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया