ताजा अपडेट »

विश्व फोटोग्राफी दिवसमा प्रभातफेरी

सोमबार, ०२ भदौ २०७६

भाद्र २,
बुटवल । १८०औं विश्व फोटोग्राफी दिवस बुटवलमा पनि मनाइएको छ । लुम्विनी फोटोग्राफर संघद्वारा आयोजित ३ दिने कार्यक्रमअनुसार भाद्र १ गते रक्तदान कार्यक्रम गरिएको थियो भने आज प्रभातफेरी कार्यक्रम बुटवलको राजमार्ग चौराहादेख अस्पताल लाइन, ट्राफिकचोक हुदै होटल मेरी गोल्डमा पुगेर सम्पन्न गरिएको थियो ।

१८०औं विश्व फोटोग्राफी दिवसको अवसरमा लुम्बिनी फोटोग्राफर संघद्धारा आज बुटवलमा आयोजित बृहत फोटोग्राफी भेलालाई संबोधन गर्दै प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले फोटोग्राफी व्यवसायीहरुले व्यक्तिगत र अफिसीयल काममा प्रयोग हुने फोटोमा मात्रै नभएर सुन्दर, प्राकृतिक र मनोरम स्थलहरुको फोटो खिचेर लाभ लिन सक्नुपर्ने बताएका छन् । प्रविधिको उच्चतम प्रयोग गरेर स्वरोजगार बन्न सुझाव दिदै उनले नयाँ नयाँ प्रविधिहरुको बारेमा जानकारी लिएर प्रविधिलाई पछ्याउनु अहिलेको आवस्यकता रहेको औल्याए । मन्त्री गिरीले फोटोग्राफीहरुको समस्या समाधानकालागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।

लुम्बिनी फोटोग्राफर संघका बरिष्ठ उपाध्यक्ष मनिश पन्थको सभापतित्वमा सम्पन्न भेलामा नेपाल पत्रकार महासंघ प्रदेश नं ५ का कार्यबाहक अध्यक्ष भरत केसी, नेपाल फोटोग्राफरु महासंघ तदर्थ समितिका अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय,रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारी,होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी,रुपन्देही फोटोग्राफर संघका संस्थापक अध्यक्ष दुर्गा भण्डारी, लुम्बिनी फोटोग्राफर संघका प्रथम उपाध्यक्ष दिनेश अर्याल लगायतले फोटोग्राफी दिवसको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन महासचिव रामप्रसाद भण्डारी गरेका थिए । भाद्र ३ गते मानव सेवा आश्रममा खाना खुवाउने कार्यक्रम रहेको संयोजक दिपक कुमार कसौधनले बताए ।