भाद्र १,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको नियमित प्रश्नोत्तरको तालिका समेत आज नै हो। प्रधानमन्त्रीले समसामयिक विषयमा सदनमा सम्बोधन गर्न लागेको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँग चालु अधिवेशनमा प्रश्नोत्तरको कार्यक्रम भने हुन सकेको छैन। सरकारको वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नमा भने चालु अधिवेशनमा प्रधानमन्त्रीले जवाफ दिएका थिए। सो क्रममा प्रमुख प्रतिपक्ष दलसँग विवाद समेत भएको थियो। पछिल्लो पटक बेलायत भ्रमण गरेर फर्किएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने अपेक्षा धेरैले गरे पनि हुन सकेको थिएन। हालै प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि सिंगापुर गएर समेत फर्किएका थिए।
प्रतिक्रिया