भैरहवा । अहिले देशको केन्द्र लगायत अन्य भागहरुमा देशलाई धर्म सापेक्ष बनाउने कि निरपेक्ष बनाउने बिषयमा जुहारी चलि रहेको अवश्थामा रुपन्देही त्यसको अवपादको रुपमा रहेको छ । तराई लगायत केही पहाडी भागमा समेत मानिने मोहर्रम पर्वले हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरु लाई यसरी एकतामा बाधेर दुवै धर्मावलम्बीहरुका लागी सदभावको प्रतिक भएको छ ।
हसन र हुसेनको प्रतिक स्वरुप तजिया निर्माण गरि मनाउने यो पर्व दुवै समुदायले उत्तिकै हर्षोउल्लास र श्रद्धाका साथ मनाउने गरेका छन । हिन्दु र मुस्लिम दुवै समुदाय उत्तिकै आस्था राखी हिन्दु धर्मालम्बीहरु पनि मुस्लिम जस्तै तजिया बनाई बिधिवत रुपमा पूजा अर्चना गर्ने गरेका छन । भैरहवा गाउका पाचु ठाकुरले यो पर्व प्रति आफ्नो प्रगाढ आस्था रहेको बताउछन । वाञ्छित मनोकामना पूर्ण हने आशामा वा पूर्ण भए पछि तजिया बनाउने गरिएको छ ।
भैरहवाको खजहना, भैयाटोल, कठौतिया, उदयपूर लगायतका क्षेत्रमा समेत दुबै धर्मावलम्बीहरुको सहभागीतामा तजिया निर्माण हुदै आएको छ । भैरहवा बाहिर पनि धकधई, मर्चवार लगायतका क्षेत्रमा धुमधामका साथ मोहर्रम मनाईने गरिएको छ । मुस्लिम धर्मका प्रर्वतक मोहम्मद पैगम्बरका नातीहरु हसन तथा हुसेनले कर्बलाको लडाईमा शहादत प्राप्त गरेको दिनको सम्झना स्वरुप मनाईने मोहर्रम पर्व आज समापन भएको छ । हिन्दु तथा मुस्लिम समुदायले समान रुपले मनाउने यो पर्व चार दिनको हुन्छ ।
आकाशमा चन्द्रमा देखिएको दिन देखि शुरु भएको यो पर्व केराको पात काटी गाडने, मोहर्रमको एक दिन पहिला बनाएको तजिया बाहिर निकाली चौके बसाल्ने तथा अन्तिम दिन सम्बन्धित क्षेत्रको सम्पूर्ण तजियाहरु एकजुट पारी स्थानिय कर्बलामा लगि बिर्सजन गरे पछि मेला को समापन हुने गर्दछ ।
हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागज बेरी तजिया बनाई त्यस्को वरिपरि तासा, ढोल तथा मजिरा जस्ता बाजा बजाई, झर्रा खेल्दै परिक्रमा गरे आफुले चिताएको मनकामना पूर्ण हुने बिश्वासका साथ यो पर्व मनाउने गरिएको भैरहवाबाट लगातार तजिया बनाउदै आएका रममान मुसलमानले बताउछन ।
यस बर्ष यो पर्वको शुक्रबार तजियालाई कर्बलामा बिर्सजन गरि समापन गरिएको छ । कोभिडको कारण गत बर्ष घरमै बसेर मोहर्रम मनाईए पनि यस बर्ष स्थानियहरु ठूलो संख्यामा बाहिर निस्केर मोहर्रम पर्व मनाएका हुन ।
प्रतिक्रिया