साउन ३२,
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा रहेको सिस्नेरी सामुदायिक वन उपभोक्ता समूह तिनाउ–२ २४ औ वार्षिकोत्सब तथा १० औ अधिवेशन सम्पन्न भएको छ । अधिवेशन तथा वार्षि उत्सवका अवसरमा सितल चिनीको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै तिनाउ गाउँ पालिकाका प्रवक्ता तथा वडा नम्बर २ अध्यक्ष राजेश श्रेष्ठले सामुदायिक वन संरक्षणमा लाग्न सबैलाई आग्रह गरे ।
सितल चिनीको विरुवा रापेर कार्यक्रमको उद्घाटन गरेका श्रेष्ठले जैविक विविधतालाई कायम राख्दै, दिगो वन संरक्षण तथा आर्थिक उपार्जनका लागि उपभोक्तालाई फलफुल खेतीमा लाग्न आग्रह गरे ।
गाउँपालिकाबाट वडा नम्बर २ का सबै घरधुरीलाई आय आर्जनका लागि १ घर ५ बिरुवा आँप, लिचि र कागती वितरण गरिएको छ । गाउँपालिकाकै सहयोगमा आज नै सितल चिनीका विरुवा समेत वितरण गरिएको छ । सामुदायिक वनका अध्यक्ष अमर सिँह भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
प्रतिक्रिया