साउन ३२,
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीप सप्तरीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा बुटवलका पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
अधिकारी रेडियो नेपालका रुपन्देही संवाददाता, इलगअन अनलाईनका सम्पादक, रेडियो नमस्तेका पूर्व डाइरेक्टर तथा बुटवल उद्योग वाणिज्यसंघका प्रेस सल्लाहकार हुन् । रुपन्देहीको तिलोतमा नगरपालिकाबाट लगानी सम्मेलनमा सहभागी लिएर पूर्वतर्फ जाँदै गरेको बा १६ च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका प्रहरी असई सचितानन्द यादवले बताए । उनका अनुसार जीपमा सवार अन्य यात्रु सामान्य घाइते भएका छन् । घाइतेको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनामा परी रुपन्देही उद्योग व्यापार संघका अध्यक्ष जेपी कँडेल, वडाध्यक्षाहरु सोहन प्रसाद थारु र तामानाथ पाण्डेय र चालक अशोक भण्डारी घाइते भएका छन्। चालक भण्डारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया