साउन ३२,
गुल्मी । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सरकार अहिलेसम्मको कार्यकालमा सफल भएको दाबी गरेका छन् । सरकारको पहिलो बर्ष विकासको आधार बर्ष भएकाले धेरै उपलब्धि नदेखिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले आगामी दिनहरुमा कामहरुको प्रतिफल आउने बताए ।
नेपाल पत्रकार महासंघ गुल्मीले सदरमुकाम तम्घासमा आज शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले संविधान र संघियताको सफल कार्यान्वयनसँगै आर्थिक बृद्धिमा पनि सुधार आएको उल्लेख गरे । कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक सम्बन्ध सुधार जस्ता महत्वपूर्ण काम सरकारले गरेकोले अब थप नयाँ योजनाका साथ अगाडी बढ्ने उनको भनाई थियो । पहिलो बर्ष नै वैदेशिक रोजगारीमा जाने युवाहरुको सङ्ख्या ३७ प्रतिशतले घटेको, वैदेशिक लगानीमा बृद्धि भएको जस्ता सुधारका काम गरिएको मन्त्री ज्ञवालीले बताए । पछिल्लो समयमा बिप्लब नेतृत्वको नेकपाले देखाएको हिंसा प्रति इंकित गर्दै देशमा अब हिंसा स्विकार्य नहुने बताए । जनताको जिउँ र धनको सुरक्षा गर्ने दायित्व सरकारको भएकाले जनता माथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको बताए । बिप्लब समुहले आफै हिंसाको सुरुवात गरेको मन्त्री ज्ञवालीको भनाई छ । नेपाल सरकार बार्ता गर्न तयार रहेको भन्दै बार्ताको नाममा आफना कार्यकर्ता छुटाउनका लागि बार्ता नहुने तर्क गरे । बिप्लब समुहलाई आत्मघाती बाटो त्यागेर बार्तामा आउन आग्रह गरे ।
‘विगतका दिनहरुमा सरकारले वार्ताको लागि धेरै पहल ग¥र्यो, तर सरकारको प्रयासलाई उहाँहरुले कमजोरीको रुपमा लिनुभयो ।’ मन्त्री ज्ञवालीले भने, ‘अझै पनि वार्तामा आए उहाँहरुलाई स्वागत गर्दछौ ।’ विगतमा माओवादीको शसस्त्र युद्धको समेत वार्ताकै माध्यमबाट समाधान भएकोले अहिलेको समस्या पनि वार्ता र छलफलकै माध्यमबाट समाधान खोजिने बताए । नेकपा विप्लप माओवादीले वार्तामार्फत समाधान खोजेमा ‘रेर्ड कार्पेट’ विछ्याएर स्वागत गर्ने बताए । तर नागरिक, सरकारी सम्पत्तिमाथि तोडफोड जस्ता क्रियाकलाप गरेमा राज्यले कठोर निर्णय लिने बताए । मन्त्री ज्ञवालीले पत्रकारले लेखेको सबै बिषयमा सहमत नहुने बताएका छन् । पत्रकारले लेखेका सबै बिषयमा सहमत हुँदैनौं तर लेख्न पाउने अधिकारसँग लडिरहने बताए । बर्तमान सरकार अभिव्यक्ति स्वतन्त्रालाई कुन्ठीत गर्ने कल्पना पनि नगर्ने बताए । कलम बलियो माध्यम भएकाले सहि सत्य तथ्य प्रयोग हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया