ताजा अपडेट »

अक्सफोर्डमा विद्यार्थी काउन्सिल, आश्रममा सहयोग

शुक्रबार, ३१ साउन २०७६


साउन ३१,
ग्लोबल आवाज
बुटवल । अक्सफोर्ड कलेज बुटवलका स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुले सहारा विद्यार्थी काउन्सिलको स्थापना गरेका छन् । उनिहरुले स्थापना पश्चात जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सहयोग तथा सामुहिक रक्षा बन्धन कार्यक्रम सम्पन्न गरेका छन् ।

काउन्सिलले तिलोत्तमा नगरपालिका कोटिहवामा अवस्थित नेपाल अविनास अनाथ आश्रममा आश्रित २३ जना बालबालिकाहरुलाई झोला वितरण गरी उनीहरुसँगै सामुहिक रक्षाबन्धन कार्यक्रम गरेका हुन् । सो अवसरमा विद्यार्थीहरुले आश्रमका बालबालिकाहरुको लागि भोजन पनि गराएका थिए ।