ताजा अपडेट »

बुटवलका २२ सहित रुपन्देहीमा थपिए ५२ संक्रमित

बुधबार, ०२ भदौ २०७८

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ५२ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १८० जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा १७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २२, तिलोत्तमा नगरपालिकामा १६ जना, सैनामैना नगरपालिकामा ६जना, देवदह नगरपालिकामा ५ जना, ओमसतिया गाउँपालिकामा २ जना र सिद्धार्थनगर नगरपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५२० जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४४८ रहेको छन्।