ताजा अपडेट »

अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

बुधबार, ०२ भदौ २०७८

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेता डोरमणी पौडेलले राजीनामा दिएका छन्।

पौडेलको राजीनामासँगै बुधबार दिउँसो हेटौँडामा बसेको संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलको नेता चुनेको छ । शाक्य अब बागमतीको मुख्यमन्त्री बन्ने एक नेताले जानकारी दिए ।

शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि मुख्यमन्त्री पौडेललाई राजीनामा गराएर उनलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।