ताजा अपडेट »

सितल चिनीबारे कृषकलाई जानकारी

शुक्रबार, ३१ साउन २०७६

साउन ३१,
तिनाउ । पाल्पाको तिनाउ १ झिगामारामा शुक्रबार एक कार्यक्रमका बीच सितलचिनी खेती तथा फाइदा बारे जानकारी गराइएको छ । तिनाउ गाउँपालीकाको आयोजनामा भएको कार्यक्रममा ४० जना बढी कृषकको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष ओमबहादुर घर्तीले स्थानीय सरकार जनताको आय आर्जनका लागि सधैं लागिपरेको उल्लेख गरे । पर्यटकीय क्षेत्रका रुप अघि बढेको झिगामारा र ठूलिउदाङका जनतालाई सितल चिनीको बिरुवा उपलब्ध गराई आम्दानीको स्रोत वृद्धीगरी जिवनस्तर उकास्ने बताए ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठले जनताको जीवन स्तर उकास्न स्थानीय सरकारले सितलचिनी, आँप, कागती तथा लिचिका बिरुवा वितरण गरिरहेको कुरा उल्लेख गर्दै व्यवसायीक फलफुल खेतीमा लाग्न आग्रह गरे । स्वालम्वन विकास कम्पनीका हरि प्रसाद भट्टराई र पिताम्वर बस्यालले सहजिकरण गरेको कार्यक्रममा वडा सदस्य अम्मर बहादुर तरामुको अध्यक्षता रहेको थियो ।