बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ५२ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १९३ जनाको कोरोना परीक्षण गरिएको थियो ।पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २३, तिलाेत्तमा नगरपालिकामा १६, सैनामैना नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिकामा ३ जना, सियारी गाउँपालिकामा २ र देबदह नगरपालिका, ओमसतिया, कञ्चन, सुद्धाेधन गाउँपालिकामा १/१ जना नयाँ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५१९ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४१३ रहेको छन्।
प्रतिक्रिया