ताजा अपडेट »

देवदहमा वृक्षारोपण, ३ सय विरुवा लगाइयो

शुक्रबार, ३१ साउन २०७६

साउन ३१,
देवदह । उद्योग व्यापार संघ देवदहले आफ्नो स्थापना दिवशको अवशरमा बृक्षा रोपण गरेको छ । शुक्रबार रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ को भित्रि सडक छेउमा बृक्षा रोपण गरीएको हो । उक्त अवशरमा तेजपत्ता र अमला प्रजातीका करीब ३ सय बिरुवा रोपिएको संघका अध्यक्ष गणेश कुमार खातीले जानकारी दिए ।

सामान्यतया बन बँगैचामा बृक्षा रोपण गर्ने प्रचलन भए पनि बृक्षा रोपण हुने तर संरक्षण नहुने गरेका कारण घर छेउमा बृक्षा रोपण गरीएको बृक्षारोपण कार्यक्रमका संयोजक मेघराज ढकालले बताए । घर अगाडी रोपिएको बिरुवा संरक्षको जिम्मा स्थानियले लिनु पर्नेछ । बृक्षारोपण कार्यक्रममा देवदह नगरउपप्रमुख विद्यालक्ष्मी गुरुङ, वडा अध्यक्षहरु पदम थापा, डण्डपानी भट्टराई, संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।