ताजा अपडेट »

बुटवलका २१ सहित रुपन्देहीमा थपिए ४० संक्रमित

सोमबार, ३२ साउन २०७८

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ४० जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १५० जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ४७ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २१, सैनामैना नगरपालिकामा ११ जना, देवदह नगरपालिकामा ४ जना, तिलोत्तमा नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिका र ओमसतिया गाउँपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५१९ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ३९८ रहेको छन्।