साउन ३१,
ग्लोबल आवाज
बुुटवल । नेकपा प्रदेशसभाका प्रमुुख सचेतक तथा प्रदेश ५ का सांसद भूमिश्वर ढकालको घरमा बिहिबार राती बम प्रहार भएको छ । रुपन्देहीको सैनामैना–८ स्थित उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएको हो । उनका अनुसार उनी सुत्ने कोठा, उनका बाबाआमा सुत्ने कोठा र अर्को उनले प्रयोग गर्ने लु१ ज ४५६ नम्बरका गाडीमा लक्षित गरी बम प्रहार भएको छ ।
सचेतक ढकाल भने विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा विरामी भएर उपचाररत छन् । बम कसले प्रहार गर्यो भन्ने खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका इन्पेक्टर रवि मैनालीले बम प्रहारबाट गाडीमा क्षति पुगेको बताएका छन् ।
प्रतिक्रिया