ताजा अपडेट »

मिका सिंहलाई भारतमा प्रतिबन्ध

विहीबार, ३० साउन २०७६

साउन ३०,

अनुच्छेद ३७० को मुद्दालाई लिएर भारत र पाकिस्तानको तनावकोबीचमा फसेका छन् गायक मिका सिंह। अल इन्डिया सिने वर्कर्स एसोसिएशन ९एआईसीडब्ल्युए० ले मंगलवार मिकाविरुद्ध कारवाही चलाउँदै बलिउडमा उनीमाथि प्रतिबन्ध लगाएको हो। साथै उनीसँग जोडिएका प्रोडक्शन हाउस, म्युजिक कम्पनी र उनका सबै एसोसिएशनलाई पनि बहिष्कार गर्ने निर्णय भएको छ। एआईसीडब्ल्युएका अध्यक्ष सुरेश श्यामलाल गुप्ताका अनुसार भारतीय फिल्म उद्योगका कसैलाई पनि मिकासँग काम नगर्न भनिएको छ।

यदि प्रतिबन्धका बावजुद कसैले उनीसँग काम गरेमा कानुनी कारवाहीको चेतावनी पनि गुप्ताले दिएका छन्। दुवै देशबीच तनाव चुलिएका बेला मिकाले देशलाई भन्दा बढी पैसालाई महत्व दिएको आरोप लगाइएको छ। मिकाले पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफ नाता कराँचीका अरबपतिकी छोरीको बिहेमा गीत गाएका थिए। यो कार्यक्रम ८ अगस्टमा भएको थियो। जसको भिडियो अहिले भाइरल भइरहेको छ। यस भिडियोलाई भारतीय सामाजिक सञ्जालका प्रयोगकर्ताले ट्रोल गरेका थिए।- एजेन्सी