ताजा अपडेट »

महिला फुटबल बन्द प्रशिक्षणः दोस्रो चरणमा २८ खेलाडी छनोट

आइतबार, ३१ साउन २०७८

काठमाडौं । एसियन कप फुटबलको छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ मध्ये दोस्रो चरणमा २८ खेलाडी छनोट गरिएको छ । दोस्रो चरणमा बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् ।   नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आज दोस्रो चरणमा सहभागी हुने खेलाडीको छनोट गर्नुभएको हो ।

बन्द प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरुमा अन्जना रानामगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइवा, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हिराकुमारी भुजेल, इन्दिरा राई, मनिषा राउत, मन्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मीकुमारी घिसिङ, रेनुका नगरकोटे, सविता रानामगर, सरु लिम्बु, शर्मिला थापा र सिर्जना सिंह रहेका छन् ।

बन्द प्रशिक्षणबाट रेखा पौडेल, सपना राई, सृजना चेम्जोङ, रविना गोले, सुष्मा तामाङ, सुनिता चौधरी, सपना लामा, घिमकुमारी गुरुङ, सृजना खड्का, निर्मला विक, निर्मला उपाध्याय, दीपा न्यौपाने, शिवानी कुसवार, सरस्वती हमाल, कुसुम खतिवडा, सलोनी राना मगर र चुमालुङ्मा राई बाहिरिएका छन् । 

नेपालले एसियन कप फुटबल २०२२ को छनोट चरण खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाल समूह ‘एफ’ मा रहेको छ । सो समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । समूहको शीर्ष टोली एसियन कपका लागि छनोट हुनेछ ।