ताजा अपडेट »

मन्त्री श्रेष्ठको ‘सनक’मा मेसु परिवर्तन : मुख्यमन्त्री कार्यालय भन्छ- 'निर्णय भएको छैन'

आइतबार, ३१ साउन २०७८
1 Shares

बुटवल । लुम्बिनी प्रदेशका तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले आफ्नो सनकको भरमा लुम्बिनी प्रादेशिक अस्पताका मेसु डा. राजेन्द्र खनाललाई हटाउन खोजेको खुलेको छ । शंकर पोखरेल नेतृत्वको प्रदेश मन्त्रीपरिषद् बैठकले नै खनाललाई अस्पतालको मेसु बनाए पनि उनकै मन्त्री श्रेष्ठले केही आफ्नो व्यक्तिगत स्वार्थका कारणले खनाललाई हटाउन मन्त्रीपरिषद् तथा मन्त्रालयमा दवाब दिदै आएको खुलेको हो । केही समय पहिला मन्त्रीपरिषद्को बैठककै निर्णय भन्दै तत्कालिन सरकारका प्रवक्ता बैजनाध चौधरीले मेसु खनाललाई हटाएर डा. इन्द्र ढकाललाई मेसुमा नियुक्त गरेको बताएका थिए । डा. ढकाल बुटवलको सुख्खानगरस्थित श्रवणपथमा रहेको साझा अस्पतालका सञ्चालक हुन् ।

तर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बुटवलले लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.खनाललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको छ । ‘मेसु परिर्वतन गर्ने कुनै पनि निर्णय भएको छैन् ।’ ग्लोबल आवाजसँग कुराकानी गदै मुख्यमन्त्री कार्यालयका प्रवक्ता डा. खगेन्द्र प्रसाद सुवेदीले भने ‘लुम्बिनी प्रादेशिक अस्पतालका मेसुलाई हटाउने निर्णय भयो भनेर कसरी समाचार आयो यसमा हामी अचम्म परेका छै।’

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव बिकास देवकोटाले भने मेसु परिर्वतनका लागि सिफारिस गरेको भएपनि अहिलेसम्म पत्र नआएको बताए ।‘लुम्बिनी पा्रदेशिक अस्पतालको मेसुमा इन्द्र ढकाललाई नियुक्ति गर्न लागि मुख्यमन्त्रीको कार्यालयमा सिफारिस धेरै पहिला नै गरेको हो ।’ ग्लोबल आवाजसँग कुराकानी गदै देवकोटाले भने ‘अहिलेसम्म मन्त्रालयमा कुनै पत्र आएको छैन्, के कारणले नआएको मलाई जानकारी छैन् ।

तत्कालिन स्वास्थ्य मन्त्री श्रेष्ठले मेसु डा. खनालको अस्पतालमा धेरै बेथिती भएकाले बेथिती रोक्नका लागि अस्पतालको नेतृत्व परिवर्तन गरेकोे बताउँछन् । ‘लुम्बिनी प्रादेशिक अस्पतालमा केन्द्र र प्रदेश सरकारले करौडौँ लगानी गरेको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै श्रेष्ठले भने‘ २ वर्षको अवधीमा पारदर्शी र सुशासन रुपमा काम नभएपछि काम पारदर्शी रुपमा काम गर्नका लागि मेसु परिर्वतन गरिएको हो ।’

पूर्ववर्ती सरकारका प्रवक्ता बैजनाथ चौधरीले पनि लुम्बिनी प्रादेशिक अस्पतालको मेसु हटाउने निर्णय क्याविनेटबाट नै भएका बताउँछन्। ‘खनाललाई मेसुबाट हटाएर रेडियोलोजी विभागमा सरुवा गर्ने निर्णय मन्त्रिपरिषदले नै निर्णग गरेको हो ।’ उनले भने सरकारले पूर्वाग्राह राखेर अघिल्लो सरकारले गरेका निर्णय कार्यान्वयन गर्दै भनि त के नै गर्न छ र ।’

यता हटाइएका भनिएका मेसु डा. खनाल भने आफूलाई कुनै पूर्व जानकारी बिना हटाउन लागेको सुन्दा मानसिक रुपमा तनाबमा रहेको बताउँछन् । ‘म काम राम्रो गदै नै आएको थिए मलाई हटाउनु पर्ने कुनै कारण थियो जस्तो मलाई लाग्दैन ।’ ग्लोबल आवाजसँग कुराकानी गदै डा.खनालले भने ‘ म कार्यक्रममा भएको बेलामा मुख्यमन्त्री ज्यूले फोन गरेर मेसुबाट हटन् खोजेको होर भन्दा म अचमित थिए, बेलुका पुनः फोन गर्दा मन्त्री ज्यूको रहर रहेछ, हटिदिनु न त भन्नु भो । ’

उनले आफूसँग कुनै कुरामा असन्तुष्टि भएमा बोलाएर छलफल गर्न सकिने भए पनि त्यसो नगरी निर्णय गरेको बजारमा समाचार आउँदा दुःख लागेको बताए । ‘मन्त्री ज्यू र म एकै तिरका हौँ, सल्लाह गछु भनेर मन्त्रालय जाँदा सचिव ज्यूले मन्त्रीकै आदेश अनुसार गरेको र मन्त्री श्रेष्ठले तिमीले छोड भन्ने अभिव्यक्ति दिनु भयो ।’–डा. खनालले भने । निर्णय भएको होला भनेर आफू बिदामा बसेको र निर्णय नभएको भएपछि आफू १÷२ दिनमा काममा फकर्ने बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनालसहित ५ जना ११ औं तहका वरिष्ठ डाक्टरहरु रहेको अवस्थामा १० औं तहका जुनियर डा. ढकाललाई अस्पताल प्रमुख बनाउने प्रस्तावले थप संका उत्पन्न भएको थियो । नेतृत्व परिवर्तन गर्नु परे पनि अस्पतालमा वरिष्ठ डाक्टरहरु हुँदाहुँदै निजी अस्पतालका सञ्चालक तथा जुनियरलाई ल्याउने प्रस्तावले राजनीतिक तथा आर्थिक चलखेलको आशंका गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा खनालसहित डा. श्रीधर आचार्य, डा. प्रभाकर चौधरी, डा. विष्णु शर्मा र डा. वर्षा थापा गरी ५ जना ११ औं तहका रहेका छन् ।

मेसु खनाललाई हटाउन स्वास्थ्यमन्त्री श्रेष्ठ तथा अस्पतालका अध्यक्ष सुर्य भट्टराईले एक–अर्कालाई मुख्य योजनाकारका रुपमा देखाउने गरेको थिए । मेसु परिवर्तनका लागि मन्त्रालयका सचिव विकास देवकोटाको समेत ठूलै हात रहेको थियो । अस्पतालका अध्यक्ष भट्टराईले अस्पतालमा आफू अनुकूल काम नभएपछि मेसु परिवर्तनको पक्षमा उभिएका बताउँदै आउने गरेका थिए ।

अस्पतालमा हुने अनियमितता तथा विकृतिहरुका बारेमा खरो रुपले प्रस्तुत हुने मेसु खनाललाई मन नपराएका अध्यक्ष भट्टराईले उपयुक्त समय खोजिरहेका बेला स्वास्थ्य मन्त्रालयका सचिव र मन्त्रीको समेत साथ पाएपछि सफल हुने देखिएका थियो । तर, सरकार परिर्वतन भएसँगै मेसु खनाललाई हटाउने स्वास्थ्य मन्त्री श्रेष्ठ, अस्पतालका अध्यक्ष भट्टराई र मन्त्रालयका सचिव देवकाटा योजना तुहिएको छ ।