गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–२, धागीथुमकी ३० वर्षिया पार्वती कुँवर लामो समयदेखि डिप्रेशनको शिकार भएकी छन् । उनी डिप्रेशनको शिकार हुनुको एउटै मात्र कारण छ, त्यो हो विवाह गरेर लगेको पुरुषबाट धोका । पार्वती यता घरमै रहेको बेला उता काठमाण्डौंमा रहेकी उनकी काकाकी छोरीले दोलाखाका एक जना केटा खोजेर विवाह गर्न २०७२ सालमा बोलाइन् र उनी काठमाण्डौं गइन् । केटा र केटी एक आपसमा मन परापर गरे र सोही सालको मंसिर २ गते दोलाखाको साविक फस्कु गाविस–७, का राम काकीसँग पार्वतीको विवाह भयो ।
चाउमिन फ्याक्ट्रीमा काम गर्ने कार्कीले तीन महिना पछि श्रीमतीलाई घर लगेर गए । एक बर्ष सम्म उनीहरु घरै बसे । छोरा पनि जन्माईन् पार्वतीले । यता गुल्मीमा पार्वतीकी आमा विरामी परे पछि १७ दिनकी सुत्केरी पार्वती काठमाण्डौं हुँदै २१ दिने सुत्केरी थागीथुम स्थित माईतीमा आईन । ३ महिना पछि फेरी काठमाण्डौं गईन् । तर श्रीमानले अन्य युवतीहरुसंग लागेर हेलाँ गरे पछि उनी पुनः माईती कै शरणमा आईन । ‘श्रीमानले सधै जसो तनाव दिदै गए पछि म सुत्केरी भएको तिन महिना पछि नै नसा सम्वन्धि औषधी खान थालेकै हुँ,’–पार्वतीले भनिन–‘धेरै पटक श्रीमानलाई फोन गरें, तेरो लागि म मरे, मेरा लागि तँ मरिस् भन्ने जवाफ दिदै फोन काटे पछि अहिले सम्म सम्पर्कविहिन भएका छन् ।’
उनी आफ्नो पीडाहरु ओकल्दै गहभरी आँशु पार्छिन् । न विवाह दर्ता छ न ति छोराको जन्म दर्ता छ । यति कै मा फेरी अर्को पुरुष उनको बुद्धि भुट्न आयो । ति पुरुष थिए अर्घाखाँचीको छत्रदेव गाउँपालिका भगवती गाउँका रामप्रसाद पाण्डे । यस अघि नै दुई वटी श्रीमति विवाह गरेका पाण्डेले ती दुई वटीले नै छाडेर गएको कागज पत्र देखाएर पार्वतीलाई ढाँट्दै गत माघ महिनामा विवाह गरेर लगे । घर लगे पछि खान नदिने, कुट्ने पिट्ने गरे पछि त्यहाँबाट पनि फर्केर माईती कै शरणमा छन् उनी ।
नेपाल प्रहरीको असईमा रिटार्यड भएको बताउने पाण्डे ६० बर्ष उमेर पुगेका ब्यक्ति हुन् । आफु भन्दा दोब्बर कम उमेरकी महिलालाई त उनले विवाह गरे तर मासिक दुई तिन हजार औषधी खर्चको बोझ ठानेर उनलाई हेलाँ गर्न थालेको उनी बताउँछिन् । उता धुर्कोट गाउँपालिका–७ अजमिर गाउँकी गिता परियारको अवस्था पनि उस्तै छ । दुई बर्ष अघि मदाने गाउँपालिका –७ , भनभने गैराखर्कका मदन परियार संग १८ बर्षको उमेर मै प्रेम विवाह गरेकी उनलाई श्रीमानले विवाह गरेको ३ महिना पछि मदिरा सेवन गर्दै कुटपिट गर्न थाले ।
एउटी छोरी जन्मिईन । तर रातै दिन श्रीमानको कुटाई पिटाईले घर गर्न सक्ने अवस्था नभए पछि उनी छोरी लिएर माईती कै शरणमा आईन् । चार महिना अघि श्रीमानले माईतीमा आई डेढ बर्षकी छोरी खोसेर लगे पछि गिता परियार ठुलो मानसिक तनावमा छिन् ।
सदरमुकाम तम्घासमा बसोवास गर्ने पुष्पा बिकलाई अर्घाखाँचीको मालारानी गाउँपालिका–१ , सुन्दरपोखराका कृष्णप्रसाद बञ्जाडेले प्रेम सम्वन्ध राखे । उनले पुष्पालाई २०७१ सालमा प्रेम विवाह पनि गरे ।
पुष्पालाई दलितकी छोरी भनेर घर भित्राउन सक्ने अवस्था नभए पछि मगरकी छोरी हुँ भन्न लगाएर घरमा लगेर भित्राए । दुई हप्ता जति घर मै बसिन् पुष्पा । एउटी छोरी जन्मिईन् । यहि क्रममा ५ बर्ष अघि श्रीमानको मृत्यु भयो । अहिले उनकी छोरी ७ बर्षकी छन् । तम्घासकै महेन्द्र नमुना माविले उनकी छोरीलाई निशुल्क पढाई दिए पनि उनकी छोरीको जन्मदर्ता छैन, उ उनको नै विवाह दर्ता छ ।
मजदुरी गरेर जिविका चलाउँदै आएकी पुष्पाले धेरै पटक परिवारबाट नाता प्रमाणित र सम्पत्तीको माग गर्न विभिन्न मानिस गुहारे पनि न्याय पाउन सकेकी छैनन् । यी त सिमित प्रतिनिधी मुलक पात्र मात्रै हुन् । बिशेष गरि प्रेम विवाह गर्ने त्यसमा पनि अन्तरजातिय विवाह गर्ने महिलाहरुको विवाह भए पनि घर बन्न सकेको छैन् ।
दाम्पत्य जिवन असफल हुँदै गए पछि कोही डिप्रशनको शिकार भएका छन । कोही आत्मा हत्या गर्न बाध्य भएका छन् । हालै छिमेकी जिल्ला अर्घाखाँचीकी एक दलित युवतीले क्षेत्रीको छोराको प्रेम जालमा परेर गर्भवती भईन, प्रेमीले उनलाई स्वीकार नगरेर ७ महिनाको गर्वपतन गराई दिए पछि उनी तनावमा परेर बुटवलको कोठामा आत्मा हत्या गरेकी छन् ।
पारिवारिक तनावबाटै दुई दिन अघि गुल्मीको ईस्मामा ७ महिनाको गर्भवती एक महिलाले विष सेवन गरेर आत्मा हत्या गरेकी छन् । उनका श्रीमान भारतरि गएका थिए । उनले आफु नआए सम्म शव शव नउठाई दिनु भने पछि विहिवार मात्रै जिल्ला अस्पतालमा शव पोष्टमार्टम गरि भारतबाट आएका श्रीमानले शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्वन्ध विच्छेद पनि बढ्दो
माथी उल्लेखित पात्रा जस्ता थुप्रै महिलाहरु कानुनी रुपमा सम्वन्ध विच्छेद नगरि अपेहिलत र बेसहराह भएर बसेका छन् भने कानुनी रुप मै सम्बन्ध विच्छेद गरेर अलग भई बस्नेहरुको संख्या पनि बढ्दो छ ।
कोही विवाहको एका दुई बर्षमै र विवाहको कैयौं बर्ष पछि बुढेशकालमा सम्वन्ध विच्छेद गरेर अलग भई बसेका छन् । गुल्मीमा पछिल्लो एक बर्षमा मात्रै जिल्ला अदालतत गुल्मीमा १ सय ९४ जेडीले सम्वन्ध विच्छेदका मुद्धा दायर भएको त्यस अदालतले जनाएको छ । पछिल्लो ३ बर्ष यता क्रमिक रुपले सम्वन्ध विच्छेदका मुद्धाहरु बढ्दै गएको पाईएको छ । आर्थिक बर्ष ०७५/०६७ मा २ सय २९ वटा सम्वन्ध विच्छेदका मुद्धा परेका थिए । आर्थिक बर्ष ०७६/०७७ मा २ सय ४४ वटा सम्वन्ध विच्छेदको मुद्धा परेका थिए ।
प्रतिक्रिया