ताजा अपडेट »

तिलाेत्तमाका ७ सहित रुपन्देहीमा थपिए १८ संक्रमित

आइतबार, ३१ साउन २०७८

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा १८ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ७४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ५५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकाका ७, बुटवल उपमहानगरपालिकाका ५, सिद्धार्थनगर र देबदह नगरपालिकाका २/२, सैनामैना नगरपालिका कञ्चन गाउँपालिकामा १/१ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५१७ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४०५ रहेको छन्।