ताजा अपडेट »

लुटपाटको कमाईले घडेरी र व्यवसाय

विहीबार, ३० साउन २०७६

साउन ३०,

काठमाण्डौं । चोरी, डकैती र लुटपाटजन्य अपराधबाट सङ्कलित रकमले राजधानी काठमाडौँमा घरजग्गा खरिद तथा व्यापार व्यवसाय सञ्चालन गरेको पाइएको छ ।प्रहरीका अनुसार सिक्री लुटपाटमा आरोपित ओखलढुङ्गा हर्कपुर गाउँपालिका घर भई हाल बूढानीलकण्ठ बस्दै आएका अभियुक्त ३९ वर्षीय टमबहादुर सुनुवारले टोखामा ‘तिर्थ–सपना’ नामको दुग्ध डेरी व्यवसाय गरेका छन् ।महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार टमबहादुरले सडकमा सिक्री लगाएको एक्लोदोक्लो महिला देख्नेबित्तिकै मोटरसाइकल प्रयोग गरी लुट्ने कार्यलाई आयआर्जनको मुख्य पेसा बनाउँदै आएको प्रहरीको आरोप छ ।

प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार सुनुवारका सहयोगी रामेछाप मजुवा घर भई हाल भैँसेपाटी बस्दै आएका टलकबहादुर रायमाझीले घडेरी (जग्गा) खरिद गरेका छन् ।सिक्री लुटपाट मुद्दामा पक्राउ परी तीन÷तीन वर्ष जेल सजाय भुक्तान गरी छुटेका अभियुक्तद्वय टमबहादुर र टलकबहादुरले हालसम्म १५ जना महिलाको करिब २० तोला सिक्री लुटेको बयान प्रहरीलाई दिएका हुन् ।-  गोरखापत्र दैनिक