बुटवल । रुपन्देहीको सैनामानामा अवस्थित मलमलादेवी मन्दिर पुग्न निमार्ण गरिएको सिँढी पहिरोले भत्किएको छ । वर्षासँगै पहिरोका कारण गएराती निर्माण सकिएको सिँढी २ मिटर तल भासिएको छ ।
सैनामैना–६ पटना गाउँ हुँदै पर्यटकीय स्थल मलमलादेवी मन्दिरमा सिँढी भत्किएपछि प्राविधिक टोलीद्वारा क्षतिको विवरण संकलनका लागि आज दिउँसो निरीक्षण भएको छ । ३ सय मिटर लामो सिढीको मध्यभागमा करिब ४० मिटर सिँढी पहिरोले भासिएको सैनामैनाका सब–ईन्जिनीयर चिरञ्जीवी पाण्डेले जानकारी दिए ।
मलमलादेवी मन्दिर तथा त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि नगरपालिकाको लगानीमा सिँढी तथा भ्यू–टावर निर्माण गरिएको छ । ८५ लाख बढी लागतमा निर्माण गरिएको उक्त सिँढी भत्किएपछि करिब २० लाख क्षति भएको प्रारम्भीक अनुमान गरिएको पाण्डेले जानकारी दिए ।
पछिल्लो समय घुमफिरका लागि युवाहरुको रोजाइमा पर्न सफल उक्त क्षेत्रलाई टिक–टिक जोनका रुपमा चिनिन्छ । पहिरोले भत्किएको सिँढी मर्मत गर्नका लागि अध्ययन भइरहेको छ । सोही ठाउँबाट सिँढी बनाउन भौगर्विक हिसाबले सम्भव नदिएको बताउँदै सब–ईन्जिनियर पाण्डेले अन्यत्रबाट सिँढी निर्माण गर्न अध्ययन गरिएको बताए ।
प्रतिक्रिया