ताजा अपडेट »

‘बालबालिकालाई बाल साहित्यमार्फत संस्कार र संस्कृति सिकाउन सकिन्छ’

आइतबार, ३१ साउन २०७८

बुटवल । बालबालिकाको चारित्रिक सुधार र सिर्जनशीलताकालागि बालसाहित्यको ठूलो महत्व हुने सरोकारवालाहरुले बताएका छन्। बालबालिकाले सजिलै बुझ्न सक्ने सरल, सुवोध भाषा शैलीमा लेखिएका बालसाहित्यले बालबालिकालाई मनोरञ्जकका साथै नयाँ चेतना र सोचको विकास गर्ने उनीहरुले बताए। बालबालिकालाई साहित्यमा रुची जगाइ कल्पना शक्तिको विकास गराउन , पठनशक्ति बढाउन, शब्दभन्डार बढाउन, सभ्यता , सस्कार र उनीहरुको भविष्य निर्माणमा सघाउन सकिने उनीहरुले सुझाब दिए।

बालसाहित्यको अभावले बालबालिकाहरु सामाजिक संजाल र इन्टरनेटमा बढी भुल्दा सिर्जनशीलता हराउदै गएको र पठनशैली हराउदै गएको उनीहरुले बताए । बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको समन्वय र सुनौलो नेपालको आयोजनामा शनिबार बुटवलमा आयोजित बालप्रतिभा प्रष्पुटनमा बाल साहित्यको भूमिका अन्तरसंवाद कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् ।

कार्यक्रममा विशेष अतिथि तथा बाल वाङ्मय तथा अनुसन्धान केन्द्रका सचिव मन्जु ज्ञवाली पौडेलले बालप्रतिभा प्रष्पुटनमा बाल साहित्यको भूमिका शीर्षकमा कार्यपत्र प्रस्तुत गरिन् । उनले कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाले सजिलै बुझ्न सक्ने सरल, सुबोध भाषा शैलीमा लेखिएका बालसाहित्यले मनोरन्जनका साथै शिक्षादीक्षा, नैतिक सन्देश र चेतना प्रवाह गर्न सक्ने बताईन्। उनले बालबालिकालाई तार्किक र विश्लेषणात्मक क्षमताको विकास र मानवीय मूल्य एवं विकास गराउन मात्र होइन राष्ट्रिय संस्कार, नैतिक चरित्र र सद्भावनाको विकासका गराउन बालसाहित्य आवश्यक परेको बताईन्। बालबालिकाले अर्ती उपदेशको साटो मनोरञ्जनका माध्ययमबाट सुमार्गमा लगाउन सकिने बताइन् । उनले बालबालिकाको प्रतिभा प्रष्फुटन गर्ने बालसाहित्य रचनादेखि पह’च बढाउन राज्यले लगानी बढाउनुपर्ने ज्ञवालीले बताइन् ।

अग्रज साहित्यकार एवं प्राध्यापक ऋषि भुसालले बालबालिकालाई छुनेगरी नेपाली भाषाका बाल साहित्यको अभाव रहेको बताए । बालबालिकाको भनोभाव बुझेका व्यक्तिले उनीहरुको आवश्यकता बोध गर्न सक्नेगरी बालसाहित्यको रचना गनुपर्ने बताए।
कार्यक्रममा बोल्दै अग्रज पत्रकार एवं लेखक अर्जुन ज्ञवालीले हजुरबुवाआमाबाट सुन्दै आएका कथा लोप हुदै गएको र एकल परिवारको चलन बढेकाले बालबालिकालाई नैतिकशिक्षा दिने र सिर्जनशील बन्ने बालसाहित्यको आवश्यकता बढेको बताए । लुम्बिनी वाडमय प्रतिष्ठानका ऋषि भुसालले बालबालिकाको चौतर्फी विकासका लागि बालसाहित्यको ठूलो महत्व हुने बताए।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष डिल्लीनारायण पाण्डेयले बालबालिकामा साइबर बुलिड.को कुलतबाट हटाउन साहित्यका हरेक विधालाई बालबालिका केन्द्रीत बनाउन र पठनशैलीको विकास गराउन आवश्यक रहेको बताए ।

प्रगतिशील लेखक संघका अध्यक्ष दलबहादुर गुरुड.ले बालसाहित्य ठूलाले लेखिदिने भदा बालबालिकालाई नै लेख्न लगाउन सुझाब दिए । लेखक तथा विश्लेषक माधव पौडेलले बालबालिकालाई पाठ्यक्रम बाहिरका पुस्तक पढ्न बानी बसाल्दा उनीहरु सिर्जनशील बन्ने बताए ।
कार्यक्रममा लेखक तथा साहित्यकार इन्दिरा अर्याल, रामचद्र श्रेष्ठ, मिनाक्षी न्यौपाने, सीपी खनाल, विनोद परियार, अमित विद्यार्थी, अभिभावक संघका लोकनाथ ज्ञवाली, बालक्लबका दिपिका घिमिरे, हेमन्त खनाल लगायतले बालसाहित्य कस्तो हुनुपर्छ भन्नेबारेमा भनाइ राख्नुभएको थियो । कार्यक्रम अमृता अनमोलको अध्यक्षता र उषाकिरण पन्थकाृ संचालनमा सम्पन्न भएको थियो।