ताजा अपडेट »

ऐन नै संसोधन गरी जनप्रतिनिधीलाई दोहोरो सुविधा

मंगलबार, २८ साउन २०७६

लोकसेवा आयोगका अध्यक्ष भट्टराईद्धारा सपथ ग्रहण

साउन २८,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ को मन्त्रिपरिषदको आज बसेको बैठकले जनप्रतिनिधिलाई दोहोरो सुबिधा लिन पाउने व्यवस्था गरेको छ । प्रदेश सरकारले ऐन नै संशोधन गरेर जनप्रतिनिधिले राज्यकोषबाट दोहोरो सुविधा लिन पाउने ब्यवस्था गरेको हो ।

यस अघि स्थानीय तहका जनप्रतिनिधीले दोहोरो सुविधा लिन नपाउने ब्यवस्था रहेपनि आज बसेको मन्त्री परिषदको बैठकले स्थानीय तहका जनप्रतिनीधिले दोहोरो सुविधा लिन ऐन नै संशोधन गरेर बाटो खुल्ला गरिदिएको हो । मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा लिन रोक्ने ऐनको दफा नै हटाउने र ऐन संशोधन गर्ने निर्णय गरेपछि सुविधा लिन बाटो खुलेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षमा बसेको बैठकमा ८ बटा एजेण्डामा छलफल गरी निणर्य भएको सरकारका प्रवक्ता भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

आजकै बैठकले सीप बिकास तथा व्यवसायिक तालिम केन्द्रमा कार्यरत अस्थायी तथा करार कर्मचारीलाई भदौ १ गतेदेखि अवकास दिने दिने निणर्य गरेको छ । प्रदेश ५ अन्र्तगत बुटवल, दाङ्ग र नेपालगञ्जमा केन्द्रका कार्यालय रहेका छन । केन्द्रका अस्थायी तथा करार सबै कर्मचारीलाई नेपाल सरकारको नियम अनुसार सुबिधा दिई अवकास दिने निणर्य गरेको मन्त्री चौधरीले जानकारी दिए ।

लोकसेवा आयोगका अध्यक्ष भट्टराईद्धारा सपथ ग्रहण

प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मंगलबार बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा उच्च अदालत तुल्सीपूरका मुख्य न्यायधिस रमेश पोखरेलले अध्यक्ष भट्टराईलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झा,मुख्यमन्त्री शंकर पोखरेल,सभामुख प्रदेशका मन्त्रीहरु, प्रदेशसभा सदस्य, प्रदेशका उच्च पदस्थ कर्मचारी, कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । प्राध्यापक डिलाराम भट्टराईलाई प्रदेश प्रमुख उमाकान्त झा ले साउन २३ गते प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।