ताजा अपडेट »

लोकतन्त्रको विकल्प लोक तन्त्र नै हो: सांसद राना

सोमबार, २७ साउन २०७६

साउन २७,
ग्लोबल आवाज

बुटवल । प्रदेश ५ का सांसाद तथा जनजाती नेता विरबहादुर रानाले संविधानको अक्षरस पालना नभएसम्म आदिवासी जनजातीका माग सम्बोधन हुन नसक्ने बताएका छन् । मुलुकमा नयाँ व्यवस्थासँगै नयाँ संविधान बने पनि कार्यान्वयनमा आउन नसक्दा समाजमा जातीय विभेद कायम रहेको उल्लेख गरे ।


नेपाल आदिवासी जनजाती पत्रका महासंघ (फोनिज)को २० औं स्थापना दिवसका अवसरमा रुपन्देही शाखाले आज सोमबार बुटवलमा आयोजना गरेको ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तर संवाद तथा सम्मान कार्यक्रममा सो कुरा उल्लेख गरेका हुन् । अधिकार र समावेशीताका लागि सञ्चारकर्मीहरुले वर्ग र दलीय स्वार्थबाट माथी उठेर कलम चलाउन आग्रह गर्दै रानाले लोकतन्त्रलाई बनालियो बनाउनका लागि भूमिका खेल्न आग्रह गरे । ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’–उनले भने ‘लोकतन्त्रको व्यवस्था आएपनि पूर्ण कार्यान्वयनमा आएको छैन, आउन जरुरी छ ।’

कार्यक्रममा सञ्चार क्षेत्रमा कलम चलाउने आदिवासी जनजाती सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । स्वर्गीय पत्रकार देवबहादुर पाटामगर पत्रकारीता पुरस्कारबाट यो वर्ष संघीय एक्सप्रेस अर्धसाप्ताहीकका लेखक नरजङ्ग गुरुङलाई रु ११ हजार १ सय ११ रुपैयाँ नगद, दोसल्ला तथा प्रमाण पत्रले सम्मानित भएका छन् । यसैगरी सञ्चार क्षेत्रमा काम गर्दै आएका पत्रकार टेकबहादुर मास्की राना, मिलन गाहा, कमल चौधरी तथा लोकनेश ढेँगा मगरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । फोनिज रुपन्देही अध्यक्ष सोनु थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष दिपु मगरले गरेका थिए ।