ताजा अपडेट »

विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने एमालेको निर्णय

सोमबार, २५ साउन २०७८
1 Shares

काठमाडौं । एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा सोमवार बिहान बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए । 

स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली राजनीति प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रस्तावपनि पेश भएर त्यसलाई एक रुपमा दिइएको बताइएको छ । सोही प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गरेर छलफल खुला गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङको भनाइ छ । एमालेको केन्द्रीय कमिटी बैठक आजै दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

एमालेको आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय यसअघि नै गरिसकेको छ ।