ताजा अपडेट »

विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक पास

शुक्रबार, ११ माघ २०७५

माघ ११, काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसको निरन्तर र चर्को विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक पास भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैंठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको हो ।

नेपाली कांग्रेसका सांसदहरुको नारावाजी तथा अवरोधकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरिएको हो । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संसदमा पेश गरेको वित्रेयक बहुमतले पारित गरिएको हो ।