ताजा अपडेट »

गाउपालिका अध्यक्षको गाडीमा आगजनी

आइतबार, २६ साउन २०७६

साउन २६,

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा शनिवार राति साढे १० बजेतिर आगजनी भएको हो ।

आगजनी किन र कसले गर्‍यो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताए । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ । कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो ।