बुटवल । विभिन्न सामाजिक कार्यक्रमा सक्रिय हुँदै आएको रोटरी क्लब अफ रुपन्देहीले निःशुल्क कन्सल्टेण्ट सेवा प्रदान गरेको छ । क्लबले शुक्रबार तिलोत्तमा –१० स्थित सेमरा बजार स्वास्थ्य चौकी तथा प्रस्तावित अस्पतालमा निःशुल्क स्त्री तथा महिला र शिशु तथा बालरोग विशेषज्ञ सेवा उपलब्ध गराएको हो ।
सेमरा बजार स्वास्थ्य चौकीको व्यवस्थापन र नीता पोलिक्लिनक प्रालिको प्राविधिक सहयोगमा ओयोजित उक्त कार्यक्रममा करिब ५० महिलाहरुले सेवा लिएको क्लबका अध्यक्ष रामप्रसाद खरेलले बताए । कार्यक्रममा विरामीको अल्ट्रासाउण्ड लगाएतका अन्य सेवाहरु पनि प्रदान गरिएको अध्यक्ष खरेलले बताए । उक्त कार्यक्रममा एक गर्भवती महिला सुत्केरी हुन नसकेपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको थियो ।
प्रतिक्रिया