ताजा अपडेट »

एकैदिन ३७२९ सङ्क्रमित थपिए, ३५ जनाको मृत्यु

शुक्रबार, २२ साउन २०७८

काठमाण्डाै । एकैदिन आज तीन हजार ७२९ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १५ हजार ६७५ मा गरिएको परीक्षणमा तीन हजार ७२९ मा सङ्क्रमण देखिएको पुष्टि भएको हो ।

आज थपिएका सङ्क्रमितसँगै सङ्ख्या सात लाख ७७ हजार ५८९ पुगेको छ । सक्रिय सङ्क्रमित ३४ हजार ९४२ जना रहेका छन् । काठमाडौँ उपत्यकामा आज ७०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडाैमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा एक हजार ८८५ जना निको भई घर फर्किएका छन् । आजसँगै कुल ६ लाख ६५ हजार ५४८ जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.७ प्रतिशत छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३५ जनाको निधन भएको छ । अहिलेसम्म कुल १० हजार १९ जना सङ्क्रमणको कारणले निधन भएको हो ।

यसैगरी ७३२ जना सघन उपचार कक्ष (आइसियु), १५८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३१ हजार ४२७ जना होमआइसोलेसन, तीन हजार ५१५ जना संस्थागत आइसोलेसन, ३५६ जना क्यारेन्टिन रहेका छन् । विगत २४ घण्टामा एक लाख २० हजार ८९९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।