जीवनमा सबैभन्दा कठिन काम भनेको मानिसको स्वभाव,चिन्तन र व्यवहार छुट्टाउनमा हुने गर्दछ। कुनै एक ब्यक्ति नेता,कार्यकर्ता परिवार साथी–भाई जो कसैलाई पनि ब्यवहारमा टक्कर नपर्दा सम्म छुट्टाउन सकिदैन। शालिन,भद्र,शिष्ट,पर्खर वा क्रियाशिल ब्यक्तित्व जब उसको स्वार्थमा टक्कर पर्दछ तब उ आफ्नै घोषित मूल्य मान्यता,नीति सिद्धान्त र परिधीहरु नाघेर कसरी उ एकसय असीको दूरीमा घुम्ने गर्दछ । हामी देखिरहेका छौं। कुनैपनि नेता नेतृत्व ,साथी वा आफन्तलाई हामीले ब्यवहार नगर्दासम्म राम्रो वा नराम्रो भनेर मूल्यांकन गर्न सक्दैनौं ।
कुनै एक युवतीको एकजना युवासँग प्रेम भएको छ,आज उ धेरै राम्रो देखिएको छ,मिठा–मिठा रस–रङ्गका कुरा गरेको छ,बोलाएको ठाउँमा समयमानै आउने गर्दछ,जतिबेला पनि फोन उठाउने गर्दछ, मागेको कुरा ल्याई दिन्छ। सबै ठीक–ठाक छ,जब उनीहरुको विवाह हुन्छ,बेलुकादेखि विहानसम्म हरेक विषयमा जब टक्कर पर्न थाल्दछ अनि थाहा लाग्दछ् कि उ कतिसम्म घटिया रहेछ भनेर। हाम्रो अत्यन्तै मिलनसार साथी जीवन जीवन्तसम्म यो दोस्ती कायम रहला भनिएको थियो । तर,जब हामीले आर्थिक कारोबार गरेउँ अनि थाहा लाग्यो कि उ कतिसम्म नीच रहेछ। नातेदारहरुको विषयमा पनि ब्यवहारमा गैसकेपछि मात्र थाहा हुन्छ कि उस्को स्वभाव कस्तो छ।
नेताहरुको प्रश्नमा पनि यो कुरा अझबढी लागू हुने गर्दछ। यतिवेला पनि हामी देखिरहेकाछौं कि नेताहरु आफ्नो स्वार्थमा धक्का लाग्दा साथ कसरी सन्तुलन गुमाई रहेका हुन्छ्न,मेरो सीमा केहो! मेरो हैसियत केहो! म कुन मर्यादामा रहनुपर्ने हो! सबैकुरा भत्काइरहेको हामी देखिरहेका छौं। आफ्नो स्वार्थको निम्ति चाकडी गर्न पर्ने होकि! अरुलाई वा नेतृत्वलाई नै आक्रमण गर्न पर्ने होकि! कुनै परिबन्दमा पार्न पर्ने पो होकि! आफ्नो स्वार्थको निमित्त हरेक अनैतिक कार्यगर्न उनिहरु तल्लीन देखिन्छन्।
मन्त्रीमण्डल गठन भएको तीन हप्ता हुन थाल्यो,त्यस्ले पूर्णता पाउन सकेको छैन। पार्टीहरु सकसमा परेका छ्न। नेतृत्व सकसमा परेको छ,सकसमा परेको कुरा प्रचण्डजीले अस्ति कुनै कार्यक्रममा बताउँदै हुनुहुन्थ्यो। त्यो कुरा बिल्कुलै साँचो हो,किनकी प्रत्येकले आफूलाई केन्द्रमा राखेर हेरिरहेका छ्न। जब आफ्नो अनुकूलको निर्णय हुँदैन अनि समवेशिताको कुरा उठ्न थाल्दछ,समानुपातिकताको कुरा उठ्न थाल्दछ,भूगोलको कुरा उठ्ला,जातजाति को कुरा उठ्ला,अर्को गुट समुहको कुरा उठ्ला,यी सबैकुरा आफ्ना ठाउँमा ठिकै छ्न,तर मात्र सात जना मन्त्रीको कोटामा कर्णाली भूगोल,सुदुर पश्चिम् ,मदेश,सिमान्तकृत ,महिला,दलित,मुस्लिम,जनजाती,थारु,मदेसी,खस,आर्य,पहिला भागवण्डामा नपरेका,भनेर कसरी भागलाउन सकिन्छ !
यो प्रवृत्ति अहिले निकै मौलाएको छ, यसले मलजल पाएको छ, मुर्झायर बसेका मौका परस्त अवसरवादीहरु यतिबेला ग्लूकोज चढाएको बिमारी जुर्मुराय जस्तै जुरमुराई रहेका छन्,यतिवेला नेपाली काग्रेसको पार्टी कार्यालय,माओबादीको पार्टी कार्यालय ,जसपाको पार्टी कार्यालय भरिभराउ छ। सम्भावित पात्रहरु पनि दगुरी राखेका छन्। सिफारिस गर्नेहरुको लर्कोपनि त्यत्तिकै छ,खानपान,खर्च पर्छ,पनि गरिएकै छ। नाता भिडायर हुन्छ्की! पुरानो सम्बन्धलाई ताजा बनाएर हुन्छ कि! अरु उपाय देखिएन भने आत्महत्या गर्दिन्छु भनेर भएपनि ,इतिहासलाई दाउमा लगाएर हुन्छ कि,नेतृत्वको चाकरी गरेर हुन्छ कि,नेतृत्वका कमजोरी माथि प्रहार गरेर हुन्छ कि ,गुट बनाउने वा गुट भत्काउने वा गुट बदल्ने,जे जसरी हुन्छ त्यो मन्त्री मण्डलको मूल्यवान वस्तु प्राप्त हुनु पर्दछ।
युद्धकालमा हामीले बादलजीलाई नेपालको चुतेह भन्ने गर्दथ्यौँ, अत्यन्त शालीन, अत्यन्तै शिष्ट, अत्यन्तै भद्र,अत्यन्तै गतिशील, वहाँकै नेतृत्वमा पश्चिमाञ्चल ब्यूरोमा सिज–१ र सिज–२ भन्ने सङ्गठन विस्तारका अभियानहरु ०५३ सालमा चलेका थिए, निकै बौद्धिक व्यक्तित्व जस्तो लाग्दथ्यो,तर आज वहाँको दृष्टिकोण, सत्तामोह, नैतिकता सबै छताछुल्ल भएको हामीले देखेकै छांै। त्यसैगरी हाम्रो टोपबहादुर जी अत्यन्तै मिठो,सरल, सबैसँग घुलमिल हुने पिउनदेखि पिएमसम्म सँगै बेलुकीको पार्टीमा बस्ने, ठूलो सानोको फरक नगर्ने , बजेट निकासा गर्न सिपालु मान्छे, आज आफ्नो स्वार्थको मात्र हित चिताउँदा कति थरी कुरा गर्नुपर्याे, कति ठाउँ चक्कर खाइरहनु भएको छ,दुनियाँ चकित परेको छ। नारायणकाजीलाई सबैले शिष्ट, भद्र , बौद्धिक देख्दछन्। तर, सत्ता मोहप्रति वहाँको जुन चिन्तन छ त्यसले वहाँलाई माथि उठ्न दिई रहेको छैन । निर्वाचनमा पराजित व्यक्ति, राष्ट्रिय सभामा सगौरव बसिरहनु भएको छ र मौका परे आफ्नो पार्टीको नेतृत्व गरेर सरकारमा जाने साँेच पनि छैन भन्नलाई कठिन छ, वामदेव देशको राष्ट्रिय गौरव मान्न पर्ने व्यक्तित्व आज घडीको पेन्डुलम जस्तै घुईकिनु भएको छ । पराजित व्यक्ति वहाँपनि राष्ट्रिय सभामा बस्न लज्जित हुनु भएको छैन।
मोहन विक्रमजी भिन्नलाई पचाउन नसक्ने, आलोचनालाई शत्रु सम्झने चिन्तनकै कारण राष्ट्रिय पार्टीको लिडरमान्न पर्ने समयसम्म पनि वहालाई वामपन्थी व्यक्तित्वको रुपमा मात्रै परिचित हुनुहुन्छ । वहाँलाई मैले वेहोरि सकेको छु, नेपालका अधिकांश नेताहरुको गम्भीर कमजोरि यो हो कि आलोचना पटक्कै नसहने, भिन्नलाई पचाउनै नसक्ने, तिमी छौ र त म छु, म छु र त तिमी छांै भन्न नसक्ने व्यक्तिबादी चिन्तन प्रणालीकै कारण नेताहरुको ओज , अस्तित्व क्रमश खस्कदै गइराखेको छ, मैले सम्भवत १८ महिना अगाडि केपीजीका व्यवहारप्रति परिभाषा गरेर पदार्थको उदाहरण दिदै एउटा आर्टिकल लेखेको थिएँ ।
तर,वहाँ रुपान्तरण हुनु भएन, भिन्नलाई पचाउन सक्नुभएन सामूहिक प्रणालीमा रुचि देखाउनु भएन , आलोचना गर्ने समकक्षी मेरो मित्र हो भन्ने कुरा बुझ्नुभएन र वहाँपनि पराजित हुनुभयो, नयाँ शक्ति ,संघीय समाजवादी पार्टी हँुदै जनता समाजवादी पार्टीको विचार हिमाल , पहाड र मधेसलाई एकीकृत ढंगले हेर्ने, बुझ्ने र सोहि अनुरुप अगाडि बढ्ने, ईन्द्रेणी राष्ट्रबादको परिकल्पना अनुसार बनेको थियो, र छ , तर यहाँ पनि साँेच्ने चिन्तन पद्धतिहरु त्यो स्तरमा उठिरहेको छैन, उपेन्द्रजीलाई मैले पूरै पढिसकेको छैन । तर, वहाँको चिन्तन पनि मधेश केन्द्रित र यादव केन्द्रित रहेको छ भन्नेहरु भेटिने गर्दछन् त्यसको जवाफ वहाँले व्यवहारबाट दिन सक्नुपर्छ ।
शङ्कर पोख्रेलजीलाई पनि हामी शिष्ट र भद्र मानेका थियौं, आज व्यवहारले प्रमाणित गरेको छ कि उनि सत्ता स्वार्थको निम्ति कति तल झर्न सक्दछन् ! कतिपय मानिसहरू इमान,नैतिकता र आचरण भन्दा प्रमुख विषय कुर्सीलाई ठान्ने गर्दछन त्यही नै ती व्यक्तिहरुको विनाशको कारण बन्ने गर्दछ। नेपाली काङ्ग्रेसका सबै नेतृत्वहरुलाई समग्रमा पढ्न सकिएको छैन। तर त्यहाँ पनि कुर्सी मोह, गुटमोह व्यक्तिवाद र भिन्नलाई सहन नसक्ने चिन्तन प्रणाली जबरजस्त रहेको छ भन्ने कुरा व्यवहारमा छचलकिएका घटनाहरुले देखाउने गर्दछ प्रचण्डजीलाई पनि मैले नजिकबाट अनुभव गरेको छु, वहामा पनि भिन्नलाई पचाउन नसक्ने छिटो आत्तिने र छिटो फुर्किने स्वाभाव हामी सबैले अनुभुती गरेकै छौ।
नजिक र नाताको सन्दर्भमा उदार बन्न खोज्ने चिन्तन प्रवृत्ति रहेकै छ। बाबुरामजिमा पनि साना–साना कुरामा फ्याट्टै बोलिहाल्ने आफ्नो स्तर नसम्झने त्यसको प्रभाव के पर्दछ भन्नेमा ध्यान नदिने, कतिपय विषयहरू सैद्धान्तिक रुपमा वा वैज्ञानिक रुपमा सहि हुँदा–हँुदै पनि जनताको चेतनाको स्तरको कारण मौन रहनपर्ने हुन सक्दछ, भन्ने कुरा ध्यान नदिँदा आलोचनाको दायरामा पर्ने गरेको हामीले देखेका छांै। समग्रमा भन्दा नेता, नेतृत्व वा कुनै व्यक्तिको सन्दर्भमा व्यवहारबाट मात्रै प्रमाणित गर्न सकिन्छ । उसका कुरा, भाषण वा प्रशिक्षणले उसलाई राम्रो भन्न सकिँदैन ।
प्रतिक्रिया