बुटवल । बुटवलबाट दर्जनौं म्यूजिक भिडयो निर्माण तथा सार्वजनिक गरेको स्वाभिमान क्रियशनले तीजको अवसरमा थप अर्को गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरेको छ । क्रियशनले तीज सम्बन्धी मौलिक विषय बस्तु र विशेषतालाई आधुनिक शैलीमा प्रस्तुत गरेको तीज गीत ‘ बालै भएन..’ ल्याएको छ।
चर्चित गायिका प्रिति आले र लोक गायक रामु एस.के.को स्वर रहेको उक्त तीज गीतको म्यूजिक भिडियोमा चर्चित कलाकार सुरविर पण्डित ‘ दार्ही बा’ सहित दर्जन बढीको अभिनय रहेको छ । त्यसैगरी गीतमा जनक घिमिरेको शब्द,निर्देशन र म्यूजिक रहेको छ । गीत तथा म्यूजिक भिडियोले नयाँ पुस्तालाई लक्षित गरी परम्परागत तथा आधुनिक जाद्यवाधनका सामग्रीहरुको प्रयोग गरिएको छ ।
आधुनिक तथा पप शैलीमा रहेको गीतको म्यूजिक भिडियोमा सुरविर पण्डितसँगै चर्चित गायक तथा मोडल नारायण बि.पी.परियार,मिरा महत्रा, साहिर केसी,प्रिया कंडेल,किशोर थापा, बबिता धिताल,सन्तोष शर्मा,कोमल पाण्डे,रक क्षेत्री,सृष्टि विश्वकर्मा,गणेश सापकोटा लगाएतका कलाकारको अभियन रहेको छ ।
गीतमा सुरविर पण्डितका साथै मिरा महत्रा, नारायण बि.पी.परियार, प्रिया कंडेल,अनिल पौडेल,दिक्षा खनाल, किशोर थापा, बबिता धिताल, सन्तोष शर्मा, कोमल पाण्डे , रक क्षेत्री, सृष्टी विश्वकर्मा, गणेश सापकोटा र साहिर केसी लगाएत कलाकारको अभिनय रहेको छ। प्रदिप कंडेलले छायांकन गरेको गीतको म्यूजिक भिडियोसहित तीन लाख बढी लगानी गरेको स्वाभिमान क्रियशनका प्रबन्ध निर्देशक तथा मोडल राजु महोत्राले बताए । म्यूजिक भिडियो स्वाभिमानको यूटूय्ब च्यानलमार्फत सार्वजिनक गरिएको छ।
प्रतिक्रिया