ताजा अपडेट »

पर्यटकीय सम्भावना बोकेको कपिलबस्तुको शंकरपुर ताल ओझेलमा

मंगलबार, १९ साउन २०७८

कपिलवस्तु । कपिलबस्तु जिल्लामा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन् । जिल्लामा रहेका विभिन्न महत्वपूर्ण पर्यटकीय स्थलहरु पनि प्रचारसारको अभाव र सम्बन्धीत सरोकारवाल निकायले ध्यान नदिदा ओझेलमा परेका हुन् ।

ती मध्ये जिल्लाको विजयनगर गाउँपालिका स्थित शंकरपुर तालमा पनि एक हो । तर उक्त तालको सम्बन्धीत सरोकारवालपक्षले ध्यान नदिँदा ओझेलमा परेको छ । तालमा गर्मीको समयमा अवलोकन गर्न निकै आन्नद हुने र गर्मीको मौसममा चिसो हावा सँगै रमणीय दृश्यहरूको अवलोकन गर्न सकिन्छ ।

ताल लगभग ४२ हेक्टरमा फैलिएको विजयनगर गाउँपालिका–४ का वडाध्यक्ष तिलक राम कडेँल बताउँछन् । तालको विकास र संरक्षण गर्नको लागि आ–आफ्नो ठाउँबाट सबैले पहल गर्दा त्यसको विकास मात्र सम्भव रहेको उनको भनाइ छ ।

हाल गाउँपालिकाले प्रतीक्षालय , पिकनिक स्पोर्ट, शोचालय, धारा को व्यवस्थापन गरे लगत्तै आजभोलि चहलपहल बढेको छ । पर्यटकीय स्थलको रुपमा विकास गर्न तालको गुरु योजना तयार गरि गद्द्दाघाटबाट शंकरपुर तालमा पानी संचित गर्ने आवस्यक परेको खण्ड सिचाइ गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताए।

शंकरपुर तालको अवलोकन गर्नको लागि विजयनगर गाउपालिका, शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका , महाराजगन्ज नगरपालिका, बुद्धभुमि नगरपालिका लगायत अन्य पालिकाहरु को मान्छेहरुले विस्तारै विस्तारै अवलोकन गर्ने को संख्या बढी रहेको छ ।

शंकरपुर तालको विकास र संरक्षण भयो भने त्यहाका स्थानीय बासीहरुको आर्थिक अवस्थामा पनि विस्तारै वृद्धि हुदै जाने देखिन्छ ।